गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
काठमाण्डाै– गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । गृहमन्त्रीले बुधबार दिँउसो प्रधानमन्त्री बालेनशाह लाई राजीनामा बुझाएका हुन् ।
उनले आफूले राजीनामा बुझाएको बताएका छन् । उनले भने ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।’
विवादस्पद व्यापारी दीपक भट्ट समेत प्रमुख संस्थापक रहेको कम्पनीमा गुरुङको ५० हजार कित्ता संस्थापक सेयर रहेको सार्वजनिक भएपछि उनि विवादमा आएका थिए ।
गुरुङसंग स्टार माइक्रो इन्स्योरेन्स र लिबटी माइक्रो लाइफमा २५\२५ हजार कित्ता सेयर भेटिएको थियो । यद्यपी उनले आफ्नो लगानिको स्रोत भने प्रधानमन्त्री बालेन शाह र उनका सल्लाहकार कुमार वेनलाई बुझाएका थिए ।
प्रधानमन्त्रीको टीमले समेत उनको लगानिबारे गोप्य रुपमा अनुसन्धान गरेको थियो । आफ्नो बारेमा प्रश्न उठेपछि गृहमन्त्री गुरुङले पनि आफु राजीनामा दिएर सघाउन तयार रहेको बताएका थिए ।
भट्ट समेत लगानिकर्ता रहेको कम्पनीमा उनको सेयर देखिएपछि उनलाई राजीनामा गर्न दबाव थियो । राजीनामाका लागि उनले प्रधानमन्त्री शाह, रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार वेनसंग मंगलवार छलफल गरेका थिए । शेखर गोल्छासहित केही व्यापारीमाथि अनुसन्धान अघि बढेपछि उनलाई हटाउन लविङ सुरु भएको थियो ।
गुरुङलाई बुधवार हटाउने तयारी भएको हो । उनलाई हटाएर तत्काल गृहमन्त्री नबनाउने र सरकारले गृहमन्त्री गुरुङको बारेमा छानविन गर्न संसदिय समिति बनाउने तयारी छ । संसदिय समितिको प्रतिवेदनका आधारमा उनलाई मन्त्रीको रुपमा फेरी फर्काउने कि अर्को मन्त्री नियुक्त गर्ने भन्ने निर्णय हुनेछ ।
‘सुशासनको बारेमा हामि कसैसंग कुनै पनि प्रकारको सम्झौंता गर्दैनौं । जेन्जी आन्दोलनको भावना र जनताको जनमतभन्दा ठुलो हाम्रो लागि केही हैन । उहांलाई पनि छानविन भएपछि आफ्नो बारेमा उठेको प्रश्नको जवाफ दिने मौका हो ।’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
गृहमन्त्री नियुक्त भएलगत्तै गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, विचौलीयाको रुपमा चिनिएका व्यापारी दीपक भट्टलगायतलाई थुनामा पठाएका थिए । बुधबार पनि केही शक्तिशाली व्यापारी विरुद्ध उनले कार्वाही अघि बढाउने तयारी गरेका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE