शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026

सामाजिक रुपान्तरणकालागि नागरिक समाजको १९औं वार्षिकोत्सव सम्पन्न

काठमाडाैं – सामाजिक रुपान्तरणकालागि नागरिक समाजको १९औं वार्षिकोत्सव तथा पाचौं विशेष नागरिक अवार्ड एवं श्रष्टा सम्मान २०८२ कार्यक्रम प्रतिनिधि सभाका उप सभामुख मा. ईन्दिरा रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमका उद्घाटन गर्दै प्रमुख अतिथि रानाले सामाजिक रुपान्तरणको क्षेत्रमा यस विगत १९ बर्ष देखि क्रियाशिल नागरिक समाजले सबै बिधाहरुलाई समेटेर सम्मान तथा एवार्ड कार्यक्रम सम्पन्न गरेकोमा खुशी ब्यक्त गर्दै यस्ता कार्यक्रमहरु सरकारले गर्नुपर्नेमा नागरिक समाजले सम्पन्न गर्न सकेकोमा संस्थाद्धारा सम्पादित कार्यहरुको प्रशंसा गर्नु भयो ।
संस्थाका अध्यक्ष याम बहादुर जि.सीको सभापतित्वमा पनाह अधिकारीद्धारा सञ्चालन गरिएको कार्यक्रममा बरिष्ठ शिक्षाविद् प्रा.डा. चिरञ्जिवी शर्मा, मा.सोमनाथ पाण्डे, बरिष्ठ ब्यवसायी तथा समाजसेबी दिपक मलहोत्रा, बरिष्ठ चिकित्सक डा.सुभास घिमिरे, बीर अस्पतालका  प्रमुख कन्सलट्यान्ट डा.बद्रि रिजाल,  जन चेतना समाज परिवर्तन नेपाल अध्यक्ष मुना निरौला त्रिपाठी लगायतका बिशिष्ठ ब्यक्तित्वहरुको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो ।
संस्थाका सल्लाहकारहरु डा. सुन्दर थापा आनी भिमसुवा गुरुङ्ग, श्री मनोहरी कँडेल डा.मनोरदिन सैयद,रामहरी सिलवाल, बाबुकाजी थापा, भवानी पौडेल, लक्ष्मण भण्डारी,याम श्रेष्ठको समुपस्थितिमा समाज डेण्टल हस्पिटल तथा सामाजिक रुपान्तरणका लागि नागरिक समाज बिच स्वास्थ्य शिविर सञ्चालन कार्य सम्झौता समेत गरिएको थियो ।
 बिशिष्ट ब्यक्तित्वहरुलाई संस्थाको मानार्थ सदस्यता वितरण
श्री बरिष्ठ चिकित्सक डा.सुभास घिमिरे, बरिष्ठ बिमान चालक, क्याप्टेन बिजय लामा, बरिष्ठ ब्यवसायी तथा समाजसेबी, दिपक मलहोत्रा, सामाजिक अभियन्ता तथा कलाकार कलावती श्रेष्ठ, बरिष्ठ पर्यटन ब्यबसायी डा. धनन्जय रेग्मीलाई बिशिष्ठ ब्यक्तित्व सम्मान प्रदान गरिएको थियो ।
राष्ट्रमा बिभिन्न विधाहरुमा विशेष योगदान पु¥याउनु हुने बिशिष्ट व्यक्तित्वहरुलाई संस्थाको तर्फवाट बिशेष सम्मान बरिष्ठ समाजसेवी तथा ब्यवसायी सोहन चौधरी, शिक्षाविद् अमिर अधिकारी चलचित्र निर्मात्री,सामजिक अभियन्ता कल्पना के.सी., दोहोरी रेष्टुरेन्ट ब्यवसायी÷सामाजिक अभियन्ता श्री बिनोद श्रेष्ठ, सामजिक अभियन्ता पुरुषोत्तम पन्त, बरिष्ठ समाजसेवी श्री टिकाराम तिवारी, गायिका श्री सिर्जना के.सी., शिक्षाबिज्ञ÷समाजसेवी होमनाथ शर्मा, सामाजिक अभियन्ता राम पन्त, सौन्दर्य बिशेषज्ञ रिता राइर्, शव ब्यवस्थापन बिनयजङ्ग बस्नेत, समाजसेवी बिक्रम घिसिङ्ग, राष्ट्र सेवक गोकर्णेश्वर नगर पालिका प्रशासकिय अधिकृत याम नारायण मौली, बिर अस्पतालका सिनियर कन्सलट्यान्ट अर्थाेपेडिक सर्जन डा.बद्रि रिजाल, बरिष्ठ चलचित्रकर्मी नेपाल चलचित्र निर्देशक समाजका सह–कोषाध्यक्ष राज बस्न्यात, क्रियाशिल सञ्चारकर्मी रामचन्द्र खड्का, कलाकार/समाजसेवी  श्री बासु फुयाँल, समाजसेवी राजु कार्की, सौन्दर्य बिज्ञ रिता राई, धार्मिक अभियन्ता÷समाजसेवी बिनोद कार्की, सामाजिक अभियन्ता देवकुमारी चौधरी, सञ्चारकर्मी राजन थापा, अधिबक्ता निराज खड्का, सञ्चारकर्मी÷सामाजिक अभियन्ता तेजनारायण चौधरी, सर्जक÷मोडल बिजेन्द्र नौबागे, सौन्दर्यविद लिना सुबेदी, समाजसेवी तिल बहादुर कार्की, ट्याटु आर्टिष्ट सुमिना श्रेष्ठ, समाजसेवी राधिका खड्रका, बरिष्ठ सौन्दर्यबिज्ञलक्ष्मी थापा मगर समाजसेवी मिना थपलिया, चलचित्र निर्माण धिप्री फिल्मस् (अनिल कटवाल)
यसै गरी राष्ट्रव्यापी रुपमा आयोजना गरिएको प्रतिष्पर्धात्मक प्रतियोगितामा निर्णायक सदस्यहरु मनोरदिन सैयद, अभिनेत्री तथा प्रिज्मा टेलिभिजन सञ्चालक पनाह अधिकारी, चलचित्र लेखन, निर्देशन रुशिल अमात्य, सञ्चारकर्मी शंकर रोक्का टेलिचलचित्र निर्देशक दिवाकर भण्डारी “सापटेकाका” निर्णायक सदस्यलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो भने राष्ट्रव्यापी रुपमा आयोजना गरिएको प्रतिष्पर्धात्मक प्रतियोगितामा विजयी व्यक्तित्वहरुलाई अवार्ड वितरण पर्यटन ब्यवसाय होलिडे ट्रिप नेपाल ट्राभल्स एण्ड टुर एवम गोर्खाली रग्बी क्लब मार्फत पर्यटन सेवामा क्रियाशिल, रोहित कार्की, बेञ्चमार्क हेयर एण्ड स्टुडियो, सौन्दर्य कलामा बिद्या श्रेष्ठ, सौन्दर्य विद् बिमला कोईराला, चलचित्रअभिनेता सञ्जित भण्डारी, म्युजिक भिडियो मोडल प्रकाश घिसिङ्ग, संगीतकार सूर्य कश्यव “अभिनेता” जयन्द्र चिलुवाल म्युजिक कम्पोजर निर्देशक राजेन्द्र बजगाईं, मिक्सिङ्ग माष्टरिङ्ग प्रकाश के.सी., टेलि भिजन कार्यक्रम प्रस्तोत सागरिका श्रेष्ठ, आधुनिक गीत गायक भुवन बहादुर नेपाली “भुवन प्यासी”, म्युजिक भिडियो निर्देशक सुनिल बि.क., लाइ अवार्ड प्रदान गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x