बिहिबार, जेष्ठ ७, २०८३
Thursday, May 21, 2026

‘सेन्सर बोर्ड’ को नाम फेरियो, ग्रेडिङ प्रणाली लागू

काठमाडाै‌ं – केन्द्रीय चलचित्र जाँच समितिको नाममा परिवर्तन गरिएको छ। समितिको अंग्रेजी नाममा परिवर्तन गरेर अब ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखिएको छ।

पहिलेको नामबाट ‘सेन्सर बोर्ड’ भन्ने शब्दावली हटाइएको हो। यसअघि ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ नाम थियो। जाँच र व्यवस्थापनसम्बन्धी परिवर्तनको कार्यान्वयन समेत भइसकेको छ।

जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’ र ‘काजी’ लाई नयाँ नाममा प्रदर्शन अनुमतिसहितको प्रमाणपत्र प्रदान गरिएको छ। ‘मितज्यू’ फिल्मका निर्देशक अनिल बुढा मगरले फेसबुकमा  फिल्म जाँच गराउँदा सजिलो भएको उल्लेख गरेका छन्।

केन्द्रीय चलचित्र जाँच समितिका सदस्य मनोज पण्डितका अनुसार अब फिल्ममा ‘बिप’ राखिनेछैन र कैंची चलाइनेछैन। फिल्मको जाँच गरेर ‘ग्रेडिङ’ सहितको प्रमाणपत्र दिइने उनले बताए। साथै फिल्मभरि धुमपान, मद्यपान र ट्राफिक नियमका सूचना देखाइनेछैन। जुन फिल्म सुरु हुनुअघि डिसप्लेमा देखाउँदा पुग्नेछ।

समिति सदस्यमा नियुक्त हुने वित्तिकै पण्डितले समितिको कार्यशैली, सुधार र परिवर्तनबारे १० बुँदे सुझाव राखेका थिए। जसमध्ये, केही बुँदाको कार्यान्वयन सुरु भएको छ। अहिलेको समिति राम्रो हुँदा यी कार्य गर्न सहज भएको र थप सुझाव कार्यान्वयनको प्रक्रियामा रहेको उनले बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x