सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

उच्चस्तरीय आयोग गठन नगरेसम्म सदनमा विरोध गरिरहने अध्यक्ष लिङदेनको अडान

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले भिजिट भिसासहित भ्रष्टाचारमा संलग्न भएका मन्त्रीहरूको छानिबनका लागि आयोग गठन नगरेसम्म सदनमा विरोध गरिरहने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले भने, “अब भिजिट भिसामा मात्रै होइन । यी दर्जनौँ मन्त्रीकोबारेमा जुन विवाद आइरहेको छ । भ्रष्टचारमा संलग्न रहेको कुरा आइरहेको छ । बजार भाउ बढाएर कमिसन खाएको कुरा आएको छ । ती सबैको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ । त्यसबेला सम्म संसद्‌मा विरोध गरिराख्छौँ ।”

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले देश लुट्न टेण्डर नै पारेको जसरी भ्रष्टाचार प्रकरणमा मन्त्री नै मुछिएपनि सरकारले छानबिन नगरेको आरोप लगाएका हुन्।

‘टेण्डर पारेर यसरी प्रतिस्पर्धा चलिराखेको छ कि कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्ने प्रतिस्पर्धा चलेको छ। एक दुई मन्त्रीको कुरा होइन। सार्वजनिक रूपमा चर्चामा आएका विवादमा आएका एक दर्जन मन्त्रीहरुको छानबिन गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने।

लिङ्देनले भ्रष्टाचार कहाँ छैन भन्ने खोज्ने अवस्था आएको बताए।

‘अब भ्रष्टाचार कहाँ कहाँ छ भनेर खोज्नुपरेन। कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने अवस्था छ,’ उनले भने।

उनले केही कर्मचारीलाई कारबाही गरेर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने बताए।

‘जबसम्म राजनीतिक क्षेत्रलाई छानबिन र कारबाहीमा नल्याइन्जेल तबसम्म भ्रष्टाचार नियन्त्रणको कल्पना पनि गर्न सकिँदैन,’ उनले भने।

यसबारेमा दुई महिनादेखि संसदमा आवाज उठाउँदै आए पनि सरकारले सुने नसुनेको गरेको बताए।

‘निरन्तर आवाज उठाउँदै आएका छौं। सुनेको नसुनै गरेर यो टेण्डर हामीले पारेका हौं। अरू कराउँदै गर्छन्। बैधानिकता हामीसँगै छ हामी अगाडि बढ्छौं। जसले सक्छ जति सक्छ खाने हो भनेर संसद अगाडि बढाउने काम भइरहेको छ,’ उनले भने।

उनले सरकारलाई सच्चिन पनि आग्रह गरे । उनले समय आउने बित्तिकै आफूहरू सडकमा जाने पनि चेतावनी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x