बुधबार, जेष्ठ ६, २०८३
Wednesday, May 20, 2026

प्रधानन्यायाधीशमा डा. शर्मा संसदीय समितिबाट सर्वसम्मत

काठमाडौ – प्रधानन्यायाधीशका रूपमा डा. मनोज शर्माको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । मङ्गलबार संसदीय सुनुवाइपछि समितिबाट उहाँको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

समितिका सभापति बोधनारायण श्रेष्ठले २०८३ वैशाख २३ गते सिफारिस अनुसार डा. शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन भएको जानकारी गराउनुभएको हो ।

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ भएको हो । समितिले मङ्गलबार बिहान प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x