शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु, प्रत्येक २० मिनेटमै बस उपलब्ध हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। कार्यवाहक मेयर सुनिता डंगोलले सामाजिक सञ्जालमार्फत दुई वटा रूटमा सेवा सञ्चालन हुने जानकारी दिएकी हुन्।

यो सेवा साझा यातायात को सहकार्यमा सञ्चालन गरिएको हो। राति ८ बजेदेखि ११ बजेसम्मबुढानीलकण्ठदेखि लगनखेलसम्म  र एयरपोर्टदेखि थानकोटसम्म  चल्नेछन्। महानगरका अनुसार प्रत्येक २० मिनेटमा बस उपलब्ध हुने व्यवस्था गरिएको छ। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक बसमा एक जना नगर प्रहरी खटाइनेछ।

सेवाको प्रारम्भिक चरणमा ७ वटा बस सञ्चालनमा आउनेछन्। प्रत्येक बसमा चार वटा सिसिटिभी क्यामेरा जडान गरिनेछ । जहाँ एउटा अगाडिको भाग, एउटा चालक र दुई वटा यात्रु देखिने गरि राखिएको छ ।

निगरानी प्रणाली नियन्त्रण कक्षसँग जोडिएको हुने भएकाले यात्रुले छुटाएको सामान फेला पार्न सहज हुने र कुनै दुर्व्यवहार भएमा तत्काल नियन्त्रणमा लिन सकिने महानगरपालिकाले जनाएको छ।

यो सेवा ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानिलकण्ठ नगरपालिकासँगको सहकार्यमा सञ्चालन गरिएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x