बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

८२ हजार नेपालीले स्वदेश फर्किन आफ्नो विवरण दर्ता गराए

काठमाडौं- इजरायल र अमेरिकाले इरानससँग जारी राखेको युद्धका कारण ८२ हजार नेपाली देश फर्कन इच्छुक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको कन्सुलर सेवा विभागअन्तर्गत अनलाइन दर्ता प्रणालीमा मध्यपूर्वबाट ८२ हजार सय नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले अनलाइन प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजार जनाले आफूहरू असुरक्षित भएको भन्दै नाम दर्ता गरेको जानकारी दिए ।

युद्ध चर्किंदै गएको र पछिल्ला दिन आफूहरू देश फर्कन इच्छुक रहेको भन्दै नाम दर्ता गराउने बढे पनि असुरक्षित महसुस गरेर नाम दर्ता गराउनेको संख्या भने घटेको क्षेत्रीले जानकारी दिए ।

इजरायल–अमेरिका र इरानबीच बढ्दो तनावबीच मध्यपूर्वका विभिन्न देशबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको क्षेत्रीले उल्लेख गरे ।

उनका अनुसार अवस्था सामान्य बन्दै गएको कारण श्रम स्वीकृति विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको छ ।

मन्त्रालयले आफ्ना १० वटै नियोगमार्फत समस्यामा परेका नेपालीको अवस्था निरन्तर जानकारी लिने र आवश्यक समन्वय कार्य भइरहेकोसमेत जनाएको छ ।

ब्रिफिङक्रममा प्रवक्ता क्षेत्रीले हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी पनि दिए ।

जेद्दामा रहेका ५२ हजरयात्रीसमेत स्वदेश फर्किसकेको उनको भनाइ छ ।

मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै उनले आवश्यक परेको खण्डमा उद्धारका लागिसमेत तयार रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x