शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

राष्ट्रियसभाको बैठकबाट तीनवटा अध्योदश स्वीकृत

काठमाडौं – राष्ट्रियसभाको बैठकबाट अगामी २१ फागुनको निर्वाचनलाई लक्षित गरी सरकारले जारी गरेका तीनवटा अध्योदश स्वीकृत भएका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकबाट ती अध्यादेशहरू स्वीकृत भएका हुन् । राष्ट्रियसभामा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव  पेस गरेका थिए ।

उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x