बुधबार, फाल्गुन १३, २०८२
Wednesday, February 25, 2026

निर्वाचन बहाना कि कमजोर व्यापार ? ‘बिगुल’को प्रदर्शन ५ दिनमै स्थगित

काठमाडाैं – फागुन १ देखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बिगुल’को प्रदर्शन स्थगित गरिएको छ। निर्माता कम्पनी म्याग्नोलिया ग्रुपका अध्यक्ष सूर्यकान्त कोइरालाले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत बुधबार (फागुन ६)देखि अर्को सूचना जारी नभएसम्म फिल्म हलबाट उतारिने जानकारी दिएका छन्। विज्ञप्तिमा आसन्न प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै सम्बन्धित निकायको सुझाव तथा परिस्थितिको मूल्याङ्कनपछि यस्तो निर्णय लिइएको उल्लेख छ।

“निर्वाचनको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै ‘बिगुल’को प्रदर्शन हाललाई स्थगित गरिएको छ। नयाँ प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिनेछ,” विज्ञप्तिमा भनिएको छ। तर, फिल्म वृत्तमा भने निर्वाचनलाई कारण देखाइएको भए पनि वास्तविक कारण कमजोर व्यापार रहेको चर्चा छ। प्रदर्शनको पहिलो पाँच दिनमै अपेक्षित दर्शक उपस्थिति नदेखिएपछि निर्माताले प्रदर्शन रोक्ने निर्णय लिएको स्रोत बताउँछन्। पछिल्लो समय नेपाली फिल्म उद्योगमा व्यापार कमजोर भएपछि विभिन्न कारण देखाउँदै प्रदर्शन स्थगित गर्ने प्रवृत्ति बढ्दै गएको छ, ‘बिगुल’ पनि त्यसैको निरन्तरता भएको आकलन गरिएको छ।

बिगुल का निर्देशक रमेश कोइराला हुन्। फिल्ममा नीर शाह, बेनिशा हमाल, नरेन खड्का, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल र मीरा पण्डित लगायतका कलाकारहरूको अभिनय रहेको छ। कांग्रेस नेता दिनेश कोइराला निर्माता रहेको यस फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन र तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।  त्यस्तै बिगुल पुन कहिलेदेखि प्रदर्शनमा आउनेछ भन्ने विषयमा दर्शक तथा फिल्मकर्मीको चासो बढेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x