अष्ट्रेलियामा आवासीय जग्गाको बढ्दो मूल्यले ठूलो असर
अष्ट्रेलिया – अष्ट्रेलियामा नयाँ घर निर्माणमा आवासीय जग्गाको बढ्दो मूल्यले ठूलो असर पारेको छ । यस विषयमा आएको आवास निर्माण उद्योग सङ्घको प्रतिवेदनले देशभर नयाँ घर निर्माणका लागि जग्गाको मूल्य अत्यधिक वृद्धि भएको देखाएको छ ।
प्रतिवेदन अनुसार, सन् २००० देखि नयाँ घर निर्माणका लागि जग्गाको मूल्यमा ५१३ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । त्यही अवधिमा निर्माण लागत र दक्ष कामदारको मूल्य करिब १५० प्रतिशतले बढेको छ ।
सेप्टेम्बर २०२५ सम्मको एक वर्षमा राष्ट्रिय स्तरको जग्गाको मूल्य १० प्रतिशतभन्दा बढी बढेको प्रतिवेदनले उल्लेख गरेको छ, जुन समग्र अर्थतन्त्रको मूल्य वृद्धिको दरको तीन गुणा हो ।
एक संघीय अर्थशास्त्रीले भनेका छन्, “अष्ट्रेलियामा घरको मूल्य बढ्नुको मुख्य कारण जग्गा हो । सरकारी नीति अनुसार पूर्वाधार लागत, ढिलाइ र योजना सम्बन्धी शुल्कहरू जग्गाको मूल्यमा समाहित भई नयाँ घर खरिदकर्ताले तिर्नुपर्ने अवस्था सिर्जना भएको छ ।”
उनले थपे, “तुरुन्त निर्माण गर्न मिल्ने जग्गाको कमी समाधानको मूल पक्ष हो ।” अष्ट्रेलियाको सङ्घीय, राज्य र क्षेत्रीय सरकारहरूले २०२३ मा पाँच वर्षभित्र देशभर १२ लाख नयाँ घर निर्माण गर्ने लक्ष्य तय गरेका थिए ।


WRITE COMMENTS FOR THIS ARTICLE