बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026

सैनिक मञ्चमा अमेरिकी सेनाको सैन्य परेडप्रति नेकपा (माओवादी)काे आपत्ति

काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले नेपाली सेना दिवसको अवसरमा काठमाडौँको सैन्य मञ्चमा अमेरिकी सेनाले गरेको सैन्य परेडप्रति आपत्ति जनाएकाे छ ।

पार्टीले जारी गरेकाे वक्तव्यमा राजनीतिक दल र जनताबिच सहमति वा जानकारी बिना अमेरिकी सैन्य परेड खेलिनु राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामा गंभीर असर पुर्‍याउने खालको कार्य भएको उल्लेख गरिएकाे छ ।

परेड सञ्चालन गर्ने र गराउने दुवै पक्षको घोर भत्र्सना गर्दै सरकारले यस घटनाप्रति आफ्नो धारणा यथासिघ्र सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।

साथै देशको स्वाधीनता सङ्कटमा रहेको अवस्थामा यस्ता गतिविधि प्रति सजक रहन र आवश्यक परे प्रतिरोधका लागि तयार रहन आम नेपाली जनतालाई आह्वान गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x