लामिछानेको कार्यक्रम जिल्ला प्रशासन नवलपरासीद्वारा राेक
काठमाडौं – जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न सबै पक्षसँग आग्रह गरेको छ ।
आयोगले यससम्बन्धी सूचना माघ १४ गते नै जारी गरिसकेको प्रशासनको भनाइ छ ।
सूचनाअनुसार माघ २७ गते जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कार्यक्रम हुने जानकारी प्राप्त भएकाले उक्त कार्यक्रमसहित निर्वाचनसँग सम्बन्धित सबै गतिविधि आचारसंहिताभित्र रही सञ्चालन गर्न प्रशासनले सचेत गराएको ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता विपरीत कुनै पनि गतिविधि नगर्न तथा नगराउन सम्बन्धित राजनीतिक दल, उम्मेदवार, समर्थक र सर्वसाधारणलाई अनुरोध गरेको छ ।
उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीद्वारा जारी गरिएको हो ।
प्रशासनले आचारसंहिता उल्लंघन भए कानुनी कारबाही हुन सक्ने संकेत पनि गरेको छ ।



WRITE COMMENTS FOR THIS ARTICLE