ओखलढुंगा जाँदै गरेको यात्रुवाहक बस तामाकोशी नदीमा डुब्याे
काठमाडौंबाट ओखलढुंगाको रगनी जाँदै गरेको यात्रुवाहक बस रामेछापको सेलेघाटमा तामाकोशी नदीमा खसेको छ। दुर्घटनामा ठूलो हताहती भएको आशंका गरिएको छ।
हाल स्थानीय बासिन्दा र प्रहरीले उद्धार कार्य जारी राखेका छन्। दुर्घटना रामेछापको मन्थली नगरपालिका–६ क्षेत्रमा भएको हो।
प्रारम्भिक जानकारीअनुसार काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको जनाइएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।


WRITE COMMENTS FOR THIS ARTICLE