मङ्लबार, माघ २७, २०८२
Tuesday, February 10, 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ ।

आज ३३० कम्पनीको दुई करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर एक लाख ११ हजार ९७८ पटक खरिदबिक्री हुँदा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज लगानी समूह शून्य दशमलव ०८ र अन्य समूह शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ९२, वित्त शून्य दशमलव ०१, होटल तथा पर्यटन दुई दशमलव १३, जलविद्युत् शून्य दशमलव ३१, जीवन बीमा शून्य दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ ।

त्यस्तै, लघुवित्त शून्य दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ३२, र व्यापार एक दशमलव ३० प्रतिशतले घटेको छ ।

सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य आठ दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सुपर मार्दी हाइड्रोपावर लिमिटेडको ५६ करोड तीन लाख ४८ हजार १५५ बराबरको खरिदबिक्री भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा भने रिडि पावर कम्पनी लिमिटेडको १६ लाख ५८ हजार ७२५ बराबरको किनबेच भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x