सुनको मूल्यमा एकै दिन १८ हजार पाँचसयको गिरावट, तोलाको कति पुग्यो ?
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १८ हजार ५ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको भाउ पनि तोलामा १५ सय ६५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलामा ७ हजार ६५ रुपैयाँ थियो ।


WRITE COMMENTS FOR THIS ARTICLE