शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

सभापति गगन थापाद्वारा पदवहाली

काठमाडाैं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सभापति भएपछि पहिलो पटक पार्टी कार्यालय पुग्नुभएको छ । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका थापा आज पार्टी कार्यलय सानेपामा पुग्नुभएको हो ।

थापा सानेपा पुग्दा स्वागतका लागि कार्यकर्ताको ठूलो भीड लागेको थियो । उनीहरूले सभापति थापालाई स्वागत गर्दै ‘अब की बार गगन सरकार’ को नारा लगाएका थिए । साथै उनीहरूले हर्षोल्लासका साथ सभापति थापालाई कार्यलयमा स्वागत गरेका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको बैठक पहिलो पटक पार्टी कार्यलयमा बस्न लागेको हाे । बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने छ ।

गएकाे पुस २७ गतेदेखि ३० गतेसम्म काठमाण्डाैमा चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्मत रूपमा सभापति निर्वाचित हुनुभएको थियो । सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक शुरू भएकाे छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x