शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026

टी-२० विश्वकपमा प्रतिष्पर्धा गर्ने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

काठमाडौं – आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो ।

नेपाली क्रिकेट टोलीले विश्वकपको‌ समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ । त्यसअघि श्रीलंका गएर श्रीलंका ‘ए’ अनि भारतमा गएर मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि अभ्यास खेल्ने छ ।

नेपाली टोलीले विश्वकप अघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएकाले टोलीलाई आज नै बिदाइ गरिएको हो । नेपाली टोली आइतबार प्रस्थान गर्ने छ ।बिदाइ कार्यक्रममा‌ बोल्दै क्यान सचिव पारस खड्काले नेपाली टोलीलाई‌ विश्वकपका लागि शुभकामना दिए । ‘यो समग्र विश्वले पनि हेर्ने कुरा हो, हामी राम्रो गरिरहेका छौं । विश्वकपका लागि खेलाडीदेखि व्यवस्थापन टिम सबैलाई शुभकामना छ’, खड्काले भने, ‘भारतमा गएर समर्थकहरूले पनि साथ दिनुहुन्छ भन्ने आशा छ ।’

कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको बताए । ‘तयारी राम्रो भइरहेको छ । अभ्यासले पनि राम्रो बिल्डअप भएको जस्तो लाग्छ’, रोहितले भने, ‘सन् २०२५ एकदम राम्रो भएको थियो । आशा छ यो वर्ष पनि राम्रो हुने छ । हामी समग्र नेपालीलाई प्राउड फिल गराउने छौं ।’

प्रशिक्षक स्टुअर्ट लले‌ पनि विश्वकपमा राम्रो गर्ने विश्वास व्यक्त गरे । ‘हामी योजनालाई अन्तिम रूप दिनेछौं अभ्यासमार्फत । विश्वकपमा राम्रो प्रदर्शन गरेर सारा‌ नेपालीलाई खुसी दिनेछौं’, प्रशिक्षक लले भने ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिँदै तयारी राम्रो देखिएको र राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘तयारी धेरै राम्रो देखिएको छ, कुनै प्रश्न छैन । भारतसँग कन्डिशन पनि मिल्छ । राम्रो प्रदर्शन गर्नुहोला, शुभकामना छ’, चन्दले भने।

नेपाली क्रिकेट टोलीले विश्वकपको‌ समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ । त्यसअघि श्रीलंका गएर श्रीलंका ‘ए’ अनि भारतमा गएर मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि अभ्यास खेल्ने छ ।

विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा भइसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x