बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026

पार्टी एकताका लागि टिकटमा अरू नेतालाई हस्ताक्षर गर्न दिन देउवा तयार

काठमाडौं –नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी एकता कायम राख्न पार्टी सभापति शेर बहादुर देउवाले आफ्नो सट्टामा टिकटमा हस्ताक्षर अरु नेताहरुलाई दिन तयार रहेको जानकारी गराएका छन् ।

बुधबार केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय पुगेका उनले केन्द्रीय समितिले पास गरेर सबैको सहमतिमा निर्वाचन आयोगमा टिकटको लागि हस्ताक्षर गर्न गएको उल्लेख गरे । साथै उनले सभापतिको सट्टा अरु कसैले गर्नुपर्छ भन्ने लाग्छ भने र निर्वाचन आयोगमा समस्या हुदैँन् भने पार्टीको जुनै पनि नेतालाई त्यो हस्ताक्षर दिन तयार रहेको बताए ।

उनले भने, ‘छलफलमा पार्टी सभापतिले अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको पार्टी एकता हो । यो पार्टी फुट्नु हुदैँन् र मैले यो एकता कायम राख्न मैले के गर्नुपर्छ गर्न तयार छु भन्ने जस्तो कुरा गर्नु भएको छ । उहाँले अहिले हस्ताक्षरको कुरा उठेको रहेछ अरु कसैको टिकटमा हस्ताक्षर दिएर एकता हुन्छ भनेदेखि म तयार छु । केन्द्रीय समितिले नै पास गरेर सबैको सहमतिमा निर्वाचन आयोगमा टिकटको लागि हस्ताक्षर गर्न गएको हो त्यही हस्ताक्षरबाट समानुपातिक, राष्ट्रिय सभाको सुची गयो अब प्रत्यक्षको बाँकी छ यसमा सभापतिको सट्टा अरु कसैले गर्नुपर्छ भन्ने लाग्छ भने र निर्वाचन आयोगमा समस्या हुदैँन् भने पार्टीको जुनै पनि नेतालाई त्यो हस्ताक्षर दिन तयार छु भन्नु भएको छ ।’
यस्तै, उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई चुनाव नलड्न भनेर आग्रह भने नगरेको जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x