बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पूर्वप्रधानमन्त्रीका नाती, पूर्वमन्त्रीका छोरा र पूर्वसांसद प्रज्वल बलात्कारी ठहर

काठमाडौं– भारतका पूर्वप्रधानमन्त्रीका नाती, पूर्वमन्त्रीका छोरा तथा आफैं पन पूर्वसांसद रहेका ३४ बर्षिय प्रज्वल रेवन्ना बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।

उनको सजाय शनिबार तय हुने ‘दी इन्डियन एक्सप्रेस’ले जनाएको छ।

बेंगलुरुमा विशेष अदालतले शुक्रबार जनता दल सेक्युलरका पूर्वसांसद प्रज्वललाई कर्नाटकको हसन जिल्लामा गत वर्ष दर्ता भएका तीन बलात्कार मुद्दा मध्ये एकमा दोषी ठहर गरेको हो। यो दोषी ठहरले पूर्वप्रधानमन्त्री एचडी देवेगौडाका नाति, कर्नाटकका पूर्वमन्त्री एचडी रेवन्नाका छोरा र केन्द्रीय मन्त्री एचडी कुमार स्वामीका भतिजालाई १० देखि १४ वर्षको जेल सजाय हुने भएको छ।

फैसलापछि प्रज्वललाई अदालतको हलबाट बाहिर निकाल्दा आँसु बगाएको देखियो ।  उनीमाथि कथित यौन दुव्र्यवहारको आरोपसँग सम्बन्धित चौथो मुद्दा पनि चलिरहेको छ।

‘सीआरपीसीको धारा २३५(२) अन्तर्गत कारबाही गर्दै, आरोपी प्रज्वल रेवन्नालाई भारतीय दण्ड संहिताको धारा ३७६(२)(प), ३७६(२)(ल), ३५४– ए, ३५४– बी, ३५४– सी, ५०६, २०१ र सूचना प्रविधि ऐन २००८ को धारा ६६(इ) अन्तर्गत दण्डनीय अपराध गरेकोमा दोषी ठहर गरिएको छ। सजायको मात्रा सुनुवाइको लागि, जेल अधिकारीहरूलाई अर्को सुनुवाइको मितिमा अभियुक्तलाई अदालतमा उपस्थित गराउन निर्देशन दिइएको छ’, विशेष सत्र अदालतका न्यायाधीश सन्तोष गजानन भट्टले आफ्नो संक्षिप्त आदेशमा भने।

प्रज्वललाई उनको परिवारको स्वामित्वमा रहेको फार्महाउसमा एक मध्यम उमेरकी महिला, घरेलु कामदारलाई बलात्कार गरेको आरोप लगाइएको थियो।

यौन उत्पीडन र आपराधिक धम्कीसँग सम्बन्धित आईपीसीको धारा ३७६(२) (प) अन्तर्गत “नियन्त्रण वा प्रभुत्वको स्थितिमा’’ रहँदा बलात्कारको आरोप लगाइएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x