बिहिबार, चैत्र ५, २०८२
Thursday, March 19, 2026

विशेष महाधिवेशनले कांग्रेस सक्रिय, आज र्‍याली प्रदर्शन

काठमाडौं – २७ र २८ गते काठमाडाैंमा हुन लागेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ। शुक्रबारदेखि महाधिवेशन स्थल वरपर पार्टी गतिविधि बढेका छन्।

विशेष महाधिवेशनमा सहभागी हुन देशभरका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । शुक्रबार दिनभर भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षका नेताहरूको चहलपहल देखिएको थियो।

यसैबीच, विभिन्न जिल्ला कार्यसमितिहरूले विशेष महाधिवेशनको समर्थनमा विज्ञप्ति सार्वजनिक गर्ने क्रम पनि जारी छ। महाधिवेशन नजिकिँदै जाँदा पार्टीका विभिन्न समिति र संरचनाहरू सक्रिय भइरहेका छन्।

शनिबार कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठन समन्वय समितिले विशेष महाधिवेशनको समर्थनमा ¥याली निकाल्ने भएको छ।
समिति संयोजक तथा कांग्रेस नेतृ प्रतिमा गौतमका अनुसार ¥याली शनिबार दिउँसो १ बजे विशेष महाधिवेशन स्थल भृकुटीमण्डपबाट सुरु भई बागबजार परिक्रमा गरेर पुनः भृकुटीमण्डपमै आएर टुंगिनेछ।

र्‍यालीमा सहभागी हुन समितिले महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ।

कांग्रेसको नियमित महाधिवेशन तोकिएको मितिमा हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए। विशेष महाधिवेशनको पक्षमा कांग्रेसको १४औँ महाधिवेशनका ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन्।

कांग्रेस विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x