बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराईयाे

कास्की,– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पक्राउ परेको तेस्रो दिन सोमबार दिउँसो १ः३० बजे लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।

अदालत नजिकै देशका विभिन्न ठाउँबाट आएका रास्वपाका नेता, कार्यकर्ताले विरोध प्रदर्शन र र्‍याली निकाल्ने र सरकारीपीडित समेत भेला भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय नजिकैको सहिद चोकमा आजै दिउँसो १२ः३० बजे रास्वपाले विरोध गरिरहेको छ ।

मुस्ताङ चोकमा सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले आइतबार ११ बजेदेखि प्रदर्शन गरिरहका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षामा कडाइ गरेको छ । प्रशासन, अदालत आसपास, प्रदर्शन हुने तय भएका स्थानहरु र सहरका मुख्य चोकहरुका ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले प्रशासनले आवश्यक सुरक्षाको तयारी गरेको जानकारी दिनुभयो ।

सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान गर्न शुक्रबार पक्राउ परेका लामिछानेलाई शनिबार बिदा भएकाले म्याद थपका लागि आइतबार अदालत लगिएको हो । लामिछाने गोरखा मिडिया प्रालिको प्रबन्ध निर्देशक रहदा सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडियामा अवैध रुपमा रकम गएको देखिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x