बुधबार, फाल्गुन २०, २०८२
Wednesday, March 4, 2026

राजनीतिक मैदानमा अहिलेका कलाकारहरू

काठमाडाै – गत भदौ २३ र २४ गते भएको जेनजी क्रान्तिपछि देशको राजनीतिक परिदृश्य बदलिएको छ। आन्दोलनपश्चात् तत्कालीन सरकार ढाल्दै अन्तरिम सरकार गठन भएपछि निर्वाचनको तयारी सुरू भएको छ। सरकारले २१ फागुनलाई निर्वाचन मिति घोषणा गरी तयारी अघि बढाएस“गै राजनीतिक मैदानमा अहिले कलाकारहरूसमेत आकर्षित हुन थालेका छन्।

कतिपय कलाकर्मीमा पार्टी प्रवेशको लहर नै चलेको छ भने कतिपय भने बाहिरै रहेर आफ्नो विचार मिल्दो पार्टीलाई सघाइरहेका छन्। केही पार्टीले कलाकर्मीलाई आफ्नो उम्मेदवारको रुपमा अगाडि सारिरहेको छ। रास्वपाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ चर्चित गायिका तथा चिकित्सक त्रिशला गुरुङ प्रकाश सपुत, पूर्व मिस नेपाल अनुष्का,  लाई उम्मेदवारका रूपमा अघि सारेको छ। पार्टीले स्वास्थ्य क्षेत्रको सुधार, समावेशी राजनीतिक अभ्यास र पेशागत दक्षतालाई आधार मानेर उनलाई समानुपातिक सूचीमा सिफारिस गरेको जनाएको छ। समानुपातिक उम्मेदवारका रूपमा सिफारिस भएपछि गुरुङले स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गरिनुपर्ने धारणा दोहोर्‍याउँदै सुशासन, समावेशी नीति

निर्माण र जनउत्तरदायी स्वास्थ्य प्रणालीका पक्षमा

संसद्मा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। त्यस्तै पार्टीले फिल्म प्रदर्शक तथा क्यूएफएक्स सिनेमाजका प्रमुख नकिम उद्दिनलाई पनि समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ। उद्योग, निजी क्षेत्र र सिनेमा प्रदर्शनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका उद्दिनको अनुभवलाई राष्ट्रिय नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्यले उनको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ।

नेकपा एमालेले गायीका

कोमल ओलीलाई समानुपातिकको तर्फ राखेको छ। फिल्म निर्देशनमार्फत नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत चिनिएका मीन भामले अब प्रत्यक्ष राजनीतिमा आउने घोषणा गर्दै नेपाली कांग्रेसबाट चुनाव लड्ने तयारी गरेका छन्। लोकगायिका रीता थापा मगर नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएकी छन्। त्यस्तै रास्वपाले गायिका सत्यकला राईलाई खोटाङबाट समानुपातिक उम्मेदवारको रूपमा राखेको छ। फिल्म निर्माता नवल खड्काकी पत्नी समेत रहेकी सत्यकलाको नाम आदिवासी जनजातीको सूचीमा राखिएको हो।

अभिनेत्री रीमा विश्वकर्मा ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षक रहेको उज्यालो नेपाल पार्टीमा आबद्ध भएकी छन्। रिमाले युवामुखी ऊर्जा नीति र पारदर्शी नेतृत्वका कारण उक्त पार्टी रोजेको जनाएकी छन्। अभिनेत्री निशा अधिकारी पनि राजनीतिमा प्रवेश गर्दै गतिशील लोकतान्त्रिक पार्टीकी सदस्य बनेकी छन्। उनले सामाजिक न्याय र सुशासनलाई प्रमुख एजेन्डा बनाउने बताएकी छन्।

 

अभिनेत्री एलिजा गौतम गत कात्तिक २७ गते अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा गठित जनादेश पार्टी नेपालको उपाध्यक्ष बनेकी थिइन्। तर त्यसको केही समयमा नै उनी आम जनता पार्टीमा प्रवेश गरकी छन्। गत साता आजपा केन्द्रीय कमिटिको बैठकमा सहभागी हु“दै गौतम पार्टीमा प्रवेश गरेकी थिइन्। एलिजाले २०७९ सालमा नागरिक उन्मुक्ती पार्टीबाट राजनीति सुरु गरेकी थिइन्।

 

कलाकारले राजनीतिमा चासो देखाएको यो पहिलोपटक भने होइन। यसभन्दा अघि कलाकारहरू विभिन्न समयमा विभिन्न पार्टीमा प्रवेश गरेका थिए। गत २०७९ को चुनावमा पनि कलाकारहरू विभिन्न पदमा उठेका थिए। अभिनेता तथा निर्माता रोज राणा प्यूठान प्रदेशसभा खमा नेपाली कांग्रेसबाट उम्म्देवारी दिई विजयी भएका थिए। त्यस्तै निर्माता तथा कलाकार मदुकुमार श्रेष्ठ नेपाली कांग्रेसबाट उम्मेदवार बनी धादिङ–१ को प्रदेश (क) बाट विजयी भएका थिए। राणा लुम्बीनी र श्रेष्ठ बागमती प्रदेशका मन्त्रीसमेत भएका थिए।

 

नेपाली फिल्म जगतमा मात्र नभई बलिउड तथा हलिउडमा पनि राजनीतिमा प्रवेश गरेर विभिन्न पदमा पुग्ने कलाकारको सूचि लामै छ। नेपालमा भने विगतलाई हेर्दा पर्दाका चर्चित अनुहारको राजनीति प्रवेश र उम्मेदवारको सूचि लामै भए पनि चुनाव जित्ने कलाकारको संख्या न्युन छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x