नेकपाको एकता सन्देश सभा सुरू
काठमाडौंमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देश सभा सुरू भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा केही बेरअघि नेकपाको एकता सन्देश सभा सुरू भएको हो।
सन्देश सभाअघि रत्नपार्क,त्रिपुरेश्वर, माइतीघर लगायतका स्थानबाट जुलुस निकालिएको थियो।
जुलुस भृकुटीमण्डप पुगेपछि सभा सुरू भएको हो।
कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, रामसहायप्रसाद यादव, अग्नि सापकोटा, पम्फा भूसाल लगायतका नेताहरू सहभागी छन्।
कात्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १० वटा घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो।
नेकपा गठनपछि सो पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गरेको थियो।
मंसिर १२ गते सुदूरपश्चिम, मंसिर १३ गते लुम्बिनी, मंसिर १४ गण्डकी, मंसिर १५ गते कोशी, मंसिर १८ गते कर्णाली, मंसिर २० गते मधेस प्रदेशमा नेकपाले एकता सन्देश सभा गरेको थियो।


WRITE COMMENTS FOR THIS ARTICLE