बुधबार, फाल्गुन २०, २०८२
Wednesday, March 4, 2026

सर्वपक्षीय बैठकपछि मात्रै नतिजा

काठमाडौं  – नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको कार्य बिहीबार बिहान सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचन समितिले अहिले मतदानमा प्रयोग भएका ८० वटै विद्युतीय भोटिङ मेसिनहरूको मुचुल्का तयार पार्ने र ‘चिप्स’ सुरक्षित गर्ने प्राविधिक कार्य गरिरहेको छ।

निर्वाचनमा कुल २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् भने ३६ जना प्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहेका छन्।

मतदान प्रक्रिया सम्पन्न भए पनि नतिजा सार्वजनिक गर्न केही प्राविधिक चरणहरू बाँकी रहेका छन्। प्रत्येक मेसिनको छुट्टाछुट्टै मुचुल्का खडा गरी मेसिनमा खसेको मत र मतपत्रको विवरण भिडाउने कार्य भइरहेको छ।

निर्वाचन समितिका अनुसार एउटा मेसिनको मुचुल्का तयार पार्न करिब २ मिनेट लाग्ने अनुमान छ, जसका कारण ८० वटा मेसिनको पूर्ण मुचुल्का तयार हुन करिब २ घण्टा ४० मिनेट लाग्नेछ। त्यसपछि मात्रै मेसिनका कोड नम्बरका आधारमा चिप्सहरूलाई सिल गरी केन्द्रमा संकलन गरिनेछ।

सम्पूर्ण प्राविधिक तयारी पूरा भएपछि सर्वपक्षीय बैठक बस्ने र त्यसपछि मात्रै औपचारिक रूपमा मतगणनाको अन्तिम प्रशोधन गरी नतिजा सार्वजनिक गरिने एमालेले जनाएको छ। विद्युतीय मेसिनको प्रयोगका कारण गणना कार्य छिटो हुने भएकाले बिहान १० बजेदेखि नतिजा घोषणा गर्ने तयारी गरिएको छ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे बीचको तीव्र प्रतिस्पर्धाको अन्तिम नतिजा कुर्न अब देशभरका नेता तथा कार्यकर्ताहरू उत्साहित देखिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x