बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बंगलादेशमा स्कुलमाथि विमान खस्दा १६ जनाको मृत्यु, १५० घाइते

आज दिउँसो बंगलादेशको राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुलमा बंगलादेशी वायुसेनाको एफ-७ बीजेआई प्रशिक्षण विमान खस्दा मृत्यु हुनेको संख्या १६ पुगेको छ।

बीबीसी बंगलाका अनुसार विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको र कम्तीमा १५० जना घाइते भएको बताएका छन्।

घाइतेहरूलाई राष्ट्रिय बर्न एन्ड प्लास्टिक सर्जरी इन्स्टिच्युट, कुर्मिटोला अस्पताल, ढाका मेडिकल कलेज अस्पताल, संयुक्त सैन्य अस्पताल र ढाका मेडिकल कलेज नजिकै रहेको उत्तरा मोडर्न अस्पताललगायत विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामले बीबीसी बंगलालाई बताएअनुसार पढाइ सकेर बिदा हुनै लागेका बेला विमान कलेज भवनमा खसेको थियो।

उनले भने, ‘एउटा लडाकु विमान सिधै भवनमा ठोकियो। अनि नर्सरी र जुनियर सेक्सनका धेरै कक्षामा बजारियो। स्कुलको गेट पूर्ण रूपमा ध्वस्त भयो र आगो लाग्यो।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x