सोमवार, बैशाख २८, २०८३
Monday, May 11, 2026

विधान संशोधन प्रस्ताव ल्याइए ईश्वर पोखरेल समुहले प्रतिवाद गर्ने

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समूहले विधान संशोधन प्रस्ताव ल्याइए प्रतिवादको तयारी गरेको छ । पोखरेलले यसपालि अध्यक्ष पदको उमेदवार बन्ने घोषणा गरिसकेका छन् ।

पार्टीको ११औँ महाधिवेशनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा आज (मंसिर २८)देखि बन्दसत्र सुरु हुँदै छ । बन्दसत्रअघि आकस्मिक रूपमा केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ । बैठकमा विधान संशोधन प्रस्तावको तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

संस्थपनइतरका नेताले भने उक्त प्रस्ताव ल्याइने प्रतिवाद गरिने बताएका छन् । “सचिवालय बैठकले (विधान संशोधन) नगर्ने निर्णय गरेको छ,” एक नेताले भने, “आज प्रस्ताव आए विरोध गर्छाैं ।”

बैठकबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारी बनाउने गरी विधान संशोधनको विषयमा निर्णय हुन सक्ने संस्थापननिकट स्रोतको भनाइ छ । महाधिवेशन सुरु हुनुअघि बसेको सचिवालय बैठकबाट विधान संशोधन नगर्ने निर्णय गरिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली भृकुटीमण्डप पुगेका छन् । अब केन्द्रीय कमिटी बैठक सुरु हुने नेताहरूले बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x