शनिबार, मंसिर २७, २०८२
Saturday, December 13, 2025

टस जितेर लुम्बिनीविरुद्ध काठमाडौँ ब्याटिङ गर्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ ।

काठमाडौँ गोर्खाजका कप्तान करण केसीले टस जितेर पहिला ब्याटिंग रोजेका छन् । योसँगै लुम्बिनी लायन्सले पहिला बलिङ गर्ने भएको छ ।

इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्ने छ भने पराजित हुने टिमको एनपीएल यात्रा समाप्त हुने छ ।

समुह चरणमा भएको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो ।

लिग चरणमा काठमाडौँ गोर्खाजले ७ खेलमा ५ जित हासिल गरेको थियो भने २ खेलमा हार बेहोरेको थियो ।

त्यस्तै लुम्बिनी लायन्सले ७ खेलमा ४ खेल जितेको थियो भने ३ खेलमा हार बेहोरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x