आइतवार, मंसिर २१, २०८२
Sunday, December 7, 2025

महाधिवेशन नजिकिएसँगै एमालेमा बढ्यो चहलपहल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिएसँगै नेता तथा कार्यकर्ताहरू व्यस्त हुन थालेका छन् । एमालेमा नयाँ नेतृत्व चाहने पक्षले आफू निकट नेता तथा कार्यकर्ताहरूसँगको बैठक तथा छलफललाई तीव्रता दिन थालेको छ भने वर्तमान अध्यक्ष ओलीको निरन्तरता चाहने पक्षले पनि कसरत गरिरहेको छ ।

यही मंसिर २७ देखि २९ गतेसम्म यहाँ आयोजना हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न आज स्वदेश र प्रवासमा व्यस्त छन् । पार्टीका करिब छ लाख ६७ हजार ६३० संगठित सदस्यबाट झण्डै दुई हजार २०० सय प्रतिनिधि चयन गर्न जिल्ला–जिल्लामा उनीहरू व्यस्त भएका हुन् ।

महाधिवेशनका लागि यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवक प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ भने प्रदेश कमिटीहरूबाट ४५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट करिब एक हजार, विशेष जिल्ला कमिटीबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४० प्रतिनिधि चयन हुनेछन् ।

पार्टी विधानअनुसार महाधिवेशनमा आयोजक केन्द्रीय कमिटीबाट तीन सय ५४ स्वतः प्रतिनिधि हुनेछन् । केन्द्रीय अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार परिषद् बाट २५ प्रतिनिधि गरी चार सय ६४ स्वतः प्रतिनिधि हुनेछन् ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गत कात्तिक १५ गतेको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति एक हजार २०० संगठित सदस्य बराबर दुई खुला र एक महिला एक प्रतिनिधि हुनुपर्ने व्यवस्था बमोजिम प्रतिनिधि छनोट जारी छ  ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x