१४७ सिटको नतिजा घोषणा, बाँकी १८ क्षेत्रमा कसको अग्रता ?
काठमाडाैं – प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये १४७ सिटको परिणाम आइसकेको छ।
जसमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११६ जितेको छ भने ९ सिटमा अग्रता लिइरहेको छ। सुनसरी २ र ४, महोत्तरी ४, बर्दिया २, रामेछाप, गोरखा २, नुवाकोट, कैलाली २ र गोरखा १ मा रास्वपाका उम्मेदवार अघि लागिरहेका छन्।
अहिलेसम्म नेपाली कांग्रेसले १७ सिट जितेको छ। १८ निर्वाचन क्षेत्रको मतगणना भइरहँदा कहीँ पनि कांग्रेसको अग्रता छैन।यस्तै नेकपा एमालेले ७ सिट जितेर तीन क्षेत्रमा अग्रता बनाइरहेको छ। संखुवासभा, इलाम–१ र अछाम–२ मा एमाले अगाडि छ। यसैगरी नेकपाले ६ सिट जित्दै २ क्षेत्रमा अग्रता कायम गरेको छ।
श्रम संस्कृत पार्टीले २ सिट जितेर १ क्षेत्रमा अग्रता बनाएको छ। श्रम संस्कृति पार्टीले भोजपुर अग्रता बनाइरहेको हो।


WRITE COMMENTS FOR THIS ARTICLE