बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

वीरगन्जलाई दंगाग्रस्त क्षेत्र घोषणा

पर्सा – पर्सा जिल्ला सुरक्षा समितिले वीरगन्जको विशेष क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आइतबार सम्पन्न समितिको बैठकले शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

प्रमुख जिल्ला अधिकारीले अर्को आदेश नभएसम्मका लागि घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय पर्सा र सोको कम्पाउन्ड क्षेत्रभित्रको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेका छन् ।

यसअघि वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा दैनिक बिहान ११ देखि साँझ ९ बजेसम्म निषेधाज्ञा र साँझ ९ देखि बिहान ५ सम्म लगाइएको कर्फ्यु आदेश निरन्तरता रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x