प्रमुख दलका शीर्ष नेताहरूलाई सेनाले भैरवनाथ गणमा राख्याे

काठमाडाैं – जेनजी प्रदर्शन चकिँएसँगै शीर्ष नेताहरुमाथि आक्रमण सुरु भएको छ । नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले उनीहरुलाई सुरक्षित स्थानमा सार्न थालेका छन् ।
शीर्ष नेताहरुको सुरक्षाका लागि चारवटै सुरक्षा निकाय परिचालित गरिएको उच्च सुरक्षा स्रोतले जनाएको छ । बालुवाटारसहित विभिन्न स्थानमा पटक–पटक सैनिक र निजी हेलिकोप्टर अवतरण गरेका छन् । अन्य स्थानमा रहेका नेताहरुलाई समेत सुरक्षित स्थानमा राखिएको स्रोतले दृष्टिन्यूजलाई बताएको छ ।
स्रोतका अनुसार पूर्वप्रधानमन्त्री शीर्ष नेताहरुको घरमा आगगनी गरिएसँगै नेताहरुको सुरक्षा गर्न थालिएको हो । प्रदर्शनकारी कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा आगजनी गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा समेत तनावको स्थिति सिर्जना भएको छ ।
जेन-जी समूहको प्रदर्शनले उग्र रूप लिएपछि शीर्ष नेताहरूलाई नेपाली सेनाले सुरक्षा दिएको छ।
मन्त्री क्वार्टरबाट सबै मन्त्री, प्रमुख दलका शीर्ष नेताहरूलाई हेलिकोप्टरबाट उद्धार गरेर सेनाले भैरवनाथ गणमा राखेको छ। पछिल्लो अवस्थाको मूल्यांकन गर्दै सेनाले गम्भीर कदम चाल्न सक्ने विश्लेषकहरूले बताएका छन्।
WRITE COMMENTS FOR THIS ARTICLE