मङ्लबार, माघ ६, २०८२
Tuesday, January 20, 2026

क्यानाडा र चिन बिच व्यापार, पर्यटन र भिसा नियमका विषयमा ऐतिहासिक सम्झौता

काठमाडौं – बेइजिङमा क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार व्यापार, पर्यटन र भिसा नियमका विषयमा एक ऐतिहासिक सम्झौता भएको छ।

प्रधानमन्त्री कार्नीले यसलाई चीनसँगको ‘नयाँ रणनीतिक साझेदारी’ को रूपमा व्याख्या गर्दै यस ऐतिहासिक उपलब्धिको प्रशंसा गरेका छन्। यस सम्झौताले वर्षौँदेखिको कूटनीतिक विवाद, एकअर्काका नागरिकहरूको प्रतिशोधात्मक गिरफ्तारी र व्यापारिक अवरोधहरूलाई अन्त्य गर्ने विश्वास गरिएको छ।

विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली उत्पादनहरूमा आक्रामक रूपमा कर वृद्धि गरेपछि क्यानाडाले आफ्नो परम्परागत सहयोगी अमेरिकामाथिको निर्भरता कम गर्न चीनतर्फ हात बढाएको देखिन्छ।

सम्झौताको मुख्य बुँदाअनुसार क्यानाडाको सबैभन्दा ठूलो बजार चीनमा मार्च १ सम्ममा क्यानोला उत्पादनहरूमा लाग्ने ८४ प्रतिशतको करलाई घटाएर १ देखि १५ प्रतिशतमा झारिनेछ। यसको बदलामा क्यानाडाले ६.१ प्रतिशतको सहुलियतपूर्ण करमा ४९ हजार चिनियाँ विद्युतीय सवारी साधन आयात गर्ने सहमति जनाएको छ।

साथै, चीनले क्यानाडाली नागरिकहरूका लागि बिना भिसा प्रवेशको अनुमति दिने ऐतिहासिक घोषणा समेत गरेको छ। प्रधानमन्त्री कार्नीले यो सहमतिलाई भर्खरैको व्यापार तनावभन्दा पहिलेको अवस्थामा फर्कने प्रयासका रूपमा टिप्पणी गरेका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री कार्नीलाई स्वागत गर्दै दुई देशको सम्बन्ध सुधारको नयाँ अध्याय सुरु भएको बताए। सन् २०१८ मा हुवावेका संस्थापककी छोरी पक्राउ परेको घटना र त्यसपछि चीनले दुई क्यानाडालीलाई जासुसीको आरोपमा पक्राउ गरेपछि चिसिएको सम्बन्धलाई यस पटकको भ्रमणले नयाँ मोड दिएको छ।

वासिङ्टनको कडा व्यापारिक नीतिका कारण क्यानाडाले सन् २०३५ सम्ममा आफ्नो गैर-अमेरिकी निर्यातलाई दोब्बर बनाउने लक्ष्य राखेको छ, जसमा चीन उसको लागि दोस्रो ठूलो र महत्त्वपूर्ण बजारको रूपमा देखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x