बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपाली कांग्रेसकाे कानुन नबन्दासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष

काठमाडौ – नेपाली कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको छ ।

आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको आदेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको हो । बैठकमा सरकारको पोजिसन बुझेर यस विषयमा थप निर्णय लिने गरि छलफल भएको कांग्रेस नेताहरुले बताएका छन् ।

सरकारले बिहीबारबाट नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपनि कांग्रेसले अहिलेसम्म औपचारिक धारणा सार्बजनिक गरेको छैन । कांग्रेसका महामन्त्री गगन थापाले तत्काल आफ्नो धारणा सार्बजनिक गर्दै सरकार उल्टो बाटो हिडेको आरोप लगाएका थिए ।

सरकारले सर्वोच्च अदालतको परमादेशको हवाला दिदै दर्ता नभएका २६ सामाजिक बन्द गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x