शुक्रबार, बैशाख ५, २०८२
Friday, April 18, 2025

राईफल सिरानीमा राखेर सुत्ने कृष्ण दुखि

प्यूठान मरनठानामा पिता घन बहादुर बि.क. तथा माता साबित्रीको ज्येष्ठ सन्तानको रुपमा जन्मिएका कृष्ण बि.क. कर्मथलो तुलसीपुर, दाङ्गमा बस्दै आएका कृष्ण विविध प्रतिभाका धनि हुन् । साङ्गितिक दुनियामा यति ठूलो धमाका र प्रतिभा देखाउलान् भन्ने कसैले पनि सोचेका थिएनन् ।

बाल्यकालमा म कलाकार बन्छु भन्दा धेरैले हौसला दिन्थे । आफ्नो प्रतिभा प्रष्फुटन गराउन पाउने आशामा विभिन्न मठ मन्दिरहरुमा बलि समेतले पूजा गर्थे कृष्ण । हरेक पाईलामा ठक्कर खाँदै कहिले चौतारी कहिले सडक गल्लीहरुका बटुवालाई गित सुनाउँदै हिन्थे ।

यसरी सडक तथा गल्लीहरुमा गित गाउँदै गर्दा काठमाडौं आगमन संगै मझेरी दोहरी साँझमा माया गुरुङ्ग र सुनिता गुरुङ्ग लगायत सानु मगरसंगको सहकार्यले आज कलाकार भन्ने उपाधि पाउन सफल भएको बताउँछन् कृष्ण ।

यस पछि बिभिन्न साथि संगतिहरुसंगको सहकार्यले “राईफल सिरानीमा…” बोलको गितमा अभिनय मार्फत मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेको बताउने कृष्णले बिभिन्न शर्ट मूभि (छोटो चलचित्र) म्युजिक भिडियो, टेलि चलचित्रहरुमा आफ्नो प्रतिभा देखाउन पाएकोको बताउँदै राजधानीको आगमन पश्चात पछाडी फर्केर हेर्न नपरेको बताउँछन् ।

“तिम्रो हाम्रो भेटै नहुने”, “पाल्पाली चरी…”, तम्घास माथि रेसुङ्गा…”, रुँदै हिँड्छु सडक पेटीमा…”, “वातावरण बिगार्‍याे धुलो र धुँवाले…”, “माया गर्थे धनले पुगेन…”, मेरो लास देखेर तर्कनु….”, “तरकारीमा जिरा…”, “मनको रहर कहिल्यै मेटिएन…”, लगायत थुप्रै गितहरुमा स्वर, संगीत तथा अभिनय गरेको बताउने कृष्ण संर्घष, पिडा, वेदनाहरुले निक्कै दुखित बनाएको कारण आफ्नो उपनाम पनि “दुखि” राख्ने गरेको बताउँछन् ।

अन्त्यमा आफ्नै युट्युब च्यानल “कृष्ण दुखि” अवलोकन गरी सल्लाह सुझाव र प्रतिकृयाका लागि सबै पाठक श्रोता तथा शुभचिन्तकहरुमा अनुरोध गर्छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x