ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं – दरबार मार्ग ,काठमाडौँ स्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
हिजो बुधवार प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा विपणन कर्पोरेट निर्देशक अमृत ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
ल्यान्डमार्क होटेल तथा रिसोट अन्तर्गत चितवन, पोखरा, काठमाडौँ, तनहुँ र भैरहवा लगायत शाखासँग प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने बैंकले जनाएको छ ।
सम्झौता अनुसार प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरूले होटेल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्नको निमित्त बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणाली द्वारा विल भुक्तानी गर्नुपर्ने छ ।
ल्यान्डमार्क होटेल तथा रिसोर्टको उल्लेखित शाखा मार्फत उपलब्ध आवास तर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १०–१५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
WRITE COMMENTS FOR THIS ARTICLE