बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा पदबाट बर्खास्त

बैङ्कक – थाइल्यान्डको संवैधानिक अदालतले शुक्रबार कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको फोन कलमा नैतिकता र संवैधानिक नियम उल्लङ्घन गरेको ठहर गर्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट बर्खास्त गरेको छ ।

फैसला लागू हुने बित्तिकै पेटोङटार्नले आफ्नो लगभग एक वर्षदेखि रहेको जिम्मेवारी गुमाउनुहुनेछ । अदालतले उहाँविरुद्धको मुद्दाको सुनुवाइमा सहमति जनाएपछि जुलाई १ मा उहाँलाई निलम्बन गरिएको थियो र उपप्रधानमन्त्री फुमथम वेचाचाईले जिम्मेवारी सम्हाल्नुभएको थियो ।

पेटोङटार्नले जुन १५ मा हुन सेनसँग गरेको फोन कलको उद्देश्य दुई मुलुकबिचको सिमानामा प्रतिस्पर्धी दाबीलाई लिएर तनाव कम गर्नु थियो, तर उक्त फोन कलले राष्ट्रिय सुरक्षामा असावधानी देखाएको र थाई सेनाका जनरललाई बदनाम गरेको आरोप लगाइएको थियो । सन् २०२३ मा कम्बोडियाका प्रधानमन्त्री पदमा रहेका आफ्ना छोरा हुन मानेटले पदभार ग्रहण नगरेसम्म हुन सेनले ३८ वर्ष शासन गर्नुभएको थियो ।

मे महिनामा विवादित सीमा क्षेत्रमा भएको छोटो हिंसात्मक घटनामा कम्बोडियाका एक सैनिकको मृत्यु भएपछि यो फोन कल भएको थियो । जुन महिनाको अन्त्यमा दुई मुलुक पाँच दिनको लडाइँमा संलग्न हुँदा दर्जनौँ मानिस मारिए भने दुई लाख ६० हजारभन्दा बढी विस्थापित भए । अदालतको फैसलाले पेटोङटार्नको नेतृत्वमा रहेको सत्तारूढ फेउ थाई गठबन्धनलाई अस्थिर अवस्थामा पुएको छ ।

फोन कल विवादपछि फेउ थाईको ठूलो साझेदार भुमजाइथाई पार्टी गठबन्धनबाट बाहिरियो, जसले प्रतिनिधि सभामा थोरै बहुमत मात्र सुनिश्चित गर्‍याे । यो कदम पेटोङटार्नका पिता, पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राका राजनीतिक संयन्त्रलाई पनि झट्का हो । थाक्सिनलाई सन् २००६ मा सैनिक कूद्वारा सत्ताबाट हटाइएको थियो, तर उहाँ थाई राजनीतिमा लोकप्रियतावादी नीति र दूरसञ्चारमा कमाएको विशाल भाग्यको माध्यमबाट प्रभावशाली बन्नुभएको छ । रासस/एपी 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x