बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अरनिको पाणडेलाई २० हजार धरौटीमा छाड्न आदेश

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले २० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले शुक्रबार पाँडेसँग २० हजार रुपैयाँ धरौटी माग गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार पक्राउ गरेको थियो ।

उनलाई एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको थियो । ती महिलाले पाँडेमाथि अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

बुधबार नै पक्राउ परेका एमाले केन्द्रीय सदस्य ऐन महरलाई भने जिल्ला सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाड्न प्रहरीलाई अनुमति दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x