बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मन्त्रिपरिषद्‌को बैठक बस्दै

आज मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार अहिले बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्ने तालिका छ।

प्रधानमन्त्रीले चाँडै भारत तथा चीन भ्रमण गर्न लागेका बेला मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

यसबीच नेपाललाई नसोधी चीन र भारतले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने निर्णय पनि गरेका छन्। जसप्रति नेपालले आपत्ति जनाइसकेको छ भने भारत र चीन भ्रमणका बेला यो कुरा जोडदारसँग उठाउन प्रधानमन्त्रीलाई दबाब दिइएको छ।

आजै दिउँसो १ बजे प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकमा पनि सम्बोधन गर्ने कार्यक्रम छ।

यसैगरी प्रधानमन्त्री ओली आज दिउँसो ३.१५ बजे राष्ट्रिय खेलकुद परिषद्को ३२औँ वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम पनि रहेको उनको सचिवालयले जानकारी दिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x