बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरे

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद शिव नेपाली र राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

सांसद नेपालीले लिपुलेकको जमिन रक्षा गर्न सरकार लाग्ने विश्वास व्यक्त गर्दै सत्तारुध दलले उपसभामुखलाई हटाउन खोजेर लोकतन्त्रको अपमान गरेको आरोप लगाएका थिए ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x