राष्ट्रिय जनमोर्चाको गणतन्त्रको रक्षा र संघीयताको खारेजीकाे राजधानी केन्द्रित आन्दोलन

काठमाडौं : चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाको राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम जारी रहेको छ ।
आन्दोलनको तेस्रो दिन आज विभिन्न स्थानबाट आन्दोलनकारीहरू दिउसो १२ बजे ललितपुरको लगनखेलमा भेला भई त्यहाँबाट जुलुससहित दिउँसो २ बजे माइतीघर मण्डलामा सभामा परिणत भएको हो ।
गणतन्त्रको रक्षा र संघीयताको खारेजीका लागि जनमोर्चाले यसअघि चैत्र २४ देखि ३० गतेसम्म आन्दोलन घोषणा गरेको थियो । अब भने आन्दोलनका कार्यक्रम २८ गतेसम्म मात्रै हुने भएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE