आफूलाई प्रदान गरिने सरकारी घर खेलाडी राजवंशीले अस्वीकार गरे

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीले प्रदेश सरकारको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत आफूलाई प्रदान गरिने घर अस्वीकार गरेका छन्।
आफू आफ्नो परिवारका लागि घर बनाउन आर्थिक रूपमा सक्षम रहेको भन्दै उनले उक्त घर वास्तविक विपन्न र आवश्यकतामा परेका परिवारलाई दिन सरकारसँग आग्रह गरेका छन्।
मोरङ क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य अर्यालको उक्त घोषणाले सुरूमा प्रशंसा समेत पाएको थियो।
राजवंशीले आफूले यसै वर्ष घर बनाउने योजना बनाए पनि आमाको निधनका कारण रोकिएको जानकारी दिए। उनले सरकारले दिने सहयोगको नियतमाथि प्रश्न नउठाए पनि प्रक्रियागत रूपमा आफू त्यसको हकदार नभएको बताए।
‘सरकारले सहानुभूति दिएर मेरै लागि भनेर केही दिन्छ भने त्यो ठीक छ, तर अरूका लागि आएको सुविधा म लिन्न’, उनले आफ्नो अडान स्पष्ट पारे।
राजवंशीको परिवार विराटनगरमा बस्दै आएको छ र उनीहरूको नाममा जग्गा समेत रहेको छ।
विपन्न नागरिकका लागि छुट्याइएको सरकारी स्रोत-साधन सही ठाउँमा प्रयोग हुनुपर्छ भन्ने सन्देश दिँदै एक राष्ट्रिय खेलाडीले देखाएको यो सदाचारको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।
WRITE COMMENTS FOR THIS ARTICLE