बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

टप टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपालले मेलवर्न रेनेगेड्सलाई पराजित गरेको छ ।

बुधबार सम्पन्न टप इन्ड टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले मेलवर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य पछाएको मेलवर्न रेनेगेड्सले २० ओभरमा १०६ रन बनाएर अल आउट भएपछि नेपाल ३३ रनले विजयी भएको हो ।

नेपालको जितमा सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका थिए । त्यस्तै कुशल भुर्तेलले २ विकेट लिए भने शहाब आलम र रुपेश सिंहले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले सर्बाधिक २९ रन बनाए भने लोकेश बमले २४, कप्तान दिपेन्द्र सिंह ऐरीले २७, भिम सार्कीले १७, आरिफ सेखले १२ रन बनाए भने रुपेश सिंहले अविजित १६ रन बनाएका थिए ।

त्यस्तै मेलवर्नका बलर फर्गुस ओनिल, कलुम स्टव, लाचलान बांग्स र माइकल आर्चरले २-२ विकेट लिएका थिए ।

जारी सिरिजमा नेपालको यो दोस्रो जित हो । यस अघि सिरिजमा लगातार तीन हारपछि नेपालले लगातार दुई खेलमा जित हासिल गरेको छ । अब नेपालले शुक्रबार पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x