बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

उपसभामुख हटाउने प्रयास गलत हाे – माओवादी

काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास गरिराखेको भन्दै त्यसको विरोधमा उत्रिने निष्कर्ष निकालेको छ ।

मंगलबार पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम केही नगरेको बताउँदै आदिवासी जनजाति र सामाजिक सेवा गरेको महिलालाई हटाउने प्रयास गलत भएकाले त्यसको विरुद्धमा उभिने बताए ।

उनले भने,‘उहाँहरुको प्रयास त पहिलेदेखि कै हो । तर त्यो गलत गर्दै हुनुहुन्छ उहाँहरु । गल्ती त उहाँहरुले गरि नै राख्नुभएको छ । यो सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम त गरेकै छैन् । एउटा महिला आदिवासी जनजाति, सामाजिक सेवा गरेको महिलालाई हटाउने जुन प्रयास छ त्यो गलत छ । हामी त्यसको विरोध गछौं ।’

त्यस्तै उनले उपसभामुख रानाले नराम्रो काम गरेको भन्ने केही पनि प्रमाण नभएको भन्दै त्यो खाली कपोकल्पीत मात्र भएको बताए ।

त्यस्तै माओवादीका प्रवक्ता अग्नि सापकोटाले बैठकले सरकार अधिनायकवाद बन्दै गइरहेको र उपसभामुखलाई हटाउने प्रयास बदनियत भएको निष्कर्ष निकालेको जानकारी दिए। ‘सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदै छ । उपसभामुखलाई हटाउने जमर्को भइरहेको पनि सुन्नमा आएको छ । यो बेठिक हुन्छ । सरकारको यो कदममा बदनियत देखिन्छ । त्यसैले अब अध्यक्षले सत्तारुढ र विपक्षी दलसँग पनि कुराकानी गर्नुहुन्छ ।’ त्यस्तै उनले भोलि बस्ने गरी बैठक स्थगित गरिएको बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x