बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कुलिङ अफ पिरियड विवाद : सभापति खतिवडा राजीनामा दिँदै

काठमाडौं– राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी गडबडीको छानबिनमा जिम्मेवार ठहरिएपछि राजीनामा दिने तयारी गरेका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा बोल्न सभामुखसँग समय मागेका छन् ।

छानबिन समितिले खतिवडा र सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहराउँदै सभापतिको समन्वयकारी भूमिका कमजोर भएको र गम्भीर त्रुटि देखिएको उल्लेख गरेको छ ।

समितिको प्रतिवेदनले सचिव दुराको पनि जिम्मेवारी पूरा नभएको जनाएको छ ।

त्यस्तै, कर्मचारी र पदाधिकारीहरूले कुलिङ अफ पिरियड विषय हटाउन लबिङ गरेकाले आचरण राम्रो नभएको र सार्वजनिक रूपमा विपक्षमा देखिनु पनि उचित नभएको प्रतिवेदनमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x