प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह

काठमाण्डाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् ।
चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै उनले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेको बताएका हुन् ।
उनले कांग्रेस र एमाले जस्ता ठूला र इतिहास बोकेका दलहरुले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरिएको बताए ।
प्रधानमन्त्री ओलीले भने ‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि हल्लैको भन्ने गीत छ नि, हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनुपर्छ, त्यो भन्दा परिस्कृत परिमार्जित गन्तव्य अरु छैन ।’
उनले सुखी नेपाली र समृद्ध नेपाल धेरै ठूलो औषधि सानो क्याप्सुलमा राखेजस्तो भएको बताए ।
WRITE COMMENTS FOR THIS ARTICLE