पार्टी अध्यक्ष केपी ओलीलाई नै अध्यक्ष बनाउन विधान संशोधन गरेका हौँ : विष्णु रिजाल

काठमाडौं – नेकपा (एमाले)का नेता विष्णु रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै पार्टी अध्यक्ष बनाउनका लागि पार्टीले विधान संशोधन गरेको स्पष्ट पारेका छन् । पार्टी नेतृत्व बदल्नु पर्ने/नपर्ने विषय एमाले भित्रै महसुस हुनुपर्ने बताउँदै अहिले नेतृत्व बदल्नु पर्ने आवश्यकता नभएको रिजाले प्रष्टाए ।
‘नेकपा (एमाले) पंक्तिभित्रको कुरा गर्नुहुन्छ भने हामीले महसुस गर्नुपर्यो नि, हाम्रो नेतृत्व उपयुक्त छ कि छैन । बदल्नु पर्छ कि पर्दैन ?’ नेता रिजालले भने, ‘एमालेमा अहिले त्यो महसुस छैन् । त्यसलै गर्दा अहिले नेतृत्वको विषयमा केही गर्न आवश्यक छैन । हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउनका लागि विधान व्यवस्था हटायौँ ।’
‘दुई कार्यकालको कुरा हामीले १०औं महाधिवेशन मै हटाइसकेका थियौँ । म १०औं राष्ट्रिय महाधिवेशनको माइन्युट कमिटीको सदस्य पनि थिएँ ।’ रिजालले भने, ‘९औं केन्द्रीय कमिटीको बैठकमा त्यो प्रस्ताव ल्याएर त्यहिबेलै दुई कार्यकालको विषय हटाइसकेका थियौँ ।’ पार्टीका केही नेताहरुले विधान देखाएर पार्टीविरुद्ध टीकाटिप्पणी गर्दै हिँड्नु आवश्यक नरहेको रिजालको भनाई छ ।
WRITE COMMENTS FOR THIS ARTICLE