बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्याे

काठमाडौं –  सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु. एक लाख ९९ हजार ४०० पुगेको छ ।

बिहीबार प्रतितोला रु. एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन आज तोलामा रु. एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. १० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. दुई हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु. दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ । रासस

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x