५९औं दिन पनि रास्वपा–राप्रपाको निरन्तर संसद बहिष्कार

काठमाडौं – प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोध ५९ औं दिनमा पुगेको छ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै दुवै दल संसद् बैठक बहिष्कार गरिरहेका छन् ।
आजको बैठकमा पनि सांसदहरूले आफ्ना कुरा राखेपछि बैठकबाट बाहिरिएका छन् । रास्वपाकी सांसद तोसिमा कार्कीले सरकारले दमनकारी शैली अपनाएको आरोप लगाउँदै संसद जनताको हो कि सरकारको कठपुतली भन्ने प्रश्न उठाइन् ।
राप्रपाका सांसद दिपक सिंहले भ्रष्टाचार र भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग दोहोर्याए । छानबिन नभए सडकबाट दबाब दिने चेतावनी पनि दिएका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE