प्रमुख २ दलका शीर्ष नेताहरूबीच छलफल
काठमाडाैं – सत्ता साझेदार प्रमुख २ दलका शीर्ष नेताहरूबीच छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच आज छलफल भएको हो ।
मन्त्री परिषद हेरफेर गरेर साउन १ गते देखि नयाँ ढङ्गले सरकारकार सञ्चालन गर्ने बिषयमा समेत छलफल हुने सम्भावना रहेकाे छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE