बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नयाँ गीत ‘दूरदेखि आएँ प्रिय’ सार्वजनिक

नेपाली संगीत क्षेत्रको एउटा चम्किलो नाम हो– राजेन्द्र बजगाईँ । संगीतकार, गायक, संगीत संयोजक र गीतकार तथा सामाजिक अभियन्ताका रूपमा परिचित बजगाईँले एक हजारभन्दा बढी नेपाली गीतहरूमा काम गरिसकेका छन्, जसमा ‘जला जोवन’, ‘ओ मेरो परान’, ‘मुसु मुसु हाँसेर’ जस्ता चर्चित गीतहरू रहेका छन् ।

पप, लोक, आधुनिक, भजन, फिल्मदेखि जिङ्गलसम्ममा स्वर, शब्द, संगीत तथा संगीत संयोजन गरेर सांगीतिक क्षेत्रमै व्यस्त संगीतकर्मीको रूपमा आफूलाई उभ्याउन सफल संगीतकार बजगाईँकाे संगीत एवं सङ्गीत संयोजन रहेकाे नयाँ गीत ‘दूरदेखि आएँ प्रिय’ सार्वजनिक भएको छ ।

आधुनिक सहरको विसङ्गति, सम्बन्धको सङ्कुचन र आत्म विरोधाभासको भावलाई गहिरो रूपमा चित्रण गरिएको उक्त गीत फिल्म निर्देशक समेत रहेको माधवराज खरेलकाे शव्दहरूमा  पूजा ठकुरीको निर्देशन रहेको छ ।

डेभिड शंकरको स्वर, तथा भिडियोमा युदिन योञ्जनको छायाङ्कन र विनोद बमको सम्पादन रहेको छ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x